काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले अन्तर्राष्ट्रिय उडान थप गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौँ उडान गर्ने तालिका छ । त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौँ उडान गर्नेछ । जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौँ उडान गर्नेछ । टर्की एयरलाइन्सले काठमाडौँ उडान गर्नेछ । सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौँको उडान भर्ने तालिका तय गरिएको छ । त्यसैगरी जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ ।
कतार एयरवेजको दोहा–काठमाडौँ र जजिरा एयरवेजले कुवेतबाट काठमाडौँ उडान मन्त्रालयले जनाएको छ । जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौँका लागि उडान गर्नेछ । जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौँ, ओमनको सलाम एयरले काठमाडौँमा उडान गर्नेछन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौँ उडान गर्ने तालिका तय गरिएको छ ।
कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र