लण्डन । पिटरबरो नेपाली समाजको सोमबार सम्पन्न विशेष भेलाले हरिहर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
भेलामा निवर्तमान कार्यसमितिको कार्यकालको आयव्यय प्रस्तुत गर्दै त्यस उपर सहभागीहरुबाट उठाईएका जिज्ञासाहरुलाई समाजका पूर्व अध्यक्ष शिव भन्डारीले प्रष्ट पारेका थिए । भेलाले आर्थिक प्रतिवेदनलाई छलफलपश्चात् सर्वसम्मतिले पारित गर्यो ।
नेपाली राष्ट्रिय गान बजाई सुरु भएको भेलाका सहभागीहरुलाई समाजका कार्यवाहक अध्यक्ष श्रीमती संगीता कोईरालाले स्वागत गर्नुभएको थियो।
भेलाको संचालन महासचिव कृष्ण लुईटेलले गर्नुभएको थियो भने भेलाको सभापतित्व समाजको ट्रष्टीका कार्यबाहक संयोजक बाबुराम धितालले गर्नुभएको थियो।
भेला गोर्खा दरबार रेस्टुरेन्टमा सम्पन्न भएको थियो।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?