हुम्ला । हिमाली क्षेत्रका वातावरण, वन्यजन्तु अध्ययन तथा संरक्षणमा सम्लग्न रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्भेसन अवार्ड २०२१ ’ प्राप्त गर्नुभएको छ । उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जङ्गली चौँरी लगायत जनावर तथा वातावरण संरक्षणमा समुदायमा आधारित भएर अतुलनीय योगदान पुर्याए वापत् उहाँलाई सो पुरस्कार अर्पण गरिएको जनाइएको छ । वातावरण तथा वन्यजन्तु संरक्षणको अभियान्ता समेत रहनुभएका उहाँ सातवर्षदेखि सो क्षेत्रमा अध्ययनरत समेत हुनुहुन्छ ।
‘अन्तरराष्ट्रिय प्रकृति संरक्षण ’विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँले गत वर्ष विश्व वन्यजन्तु कोषद्वारा स्थापित ‘नेपाल कन्जर्भेसन अवार्ड’ प्राप्त गर्नुभएको थियो । नेपाल तर्फबाट लामा सहित विभिन्न देशका अन्य पाँचजना सो पुरस्कारमा छनौटमा पर्नुभएको रोलेक्सद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका उत्कृष्ट व्यक्तित्व छनौट गरी सो पुरस्कार अर्पण गर्दै आइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभियान र स्थानीय महिलाको सहभागिताका लागि लामाले विशेष काम गर्दै आइरहनुभएको छ । ”
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र