काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुर्याउन सबै तह र तप्कासँग आह्वान गर्नुभएको छ ।
एमआइटी ग्रुप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उहाँले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिनुभयो । मन्त्री तामाङले भन्नुभयो, “नेपाली जनताको सुरक्षाका लागि ज–जसले जति–जति सकिन्छ सहयोगका लागि सबैसँग आह्वान गर्न चाहन्छु ।”
उहाँले नेपाली जनतालाई सुरक्षित राख्नका लागि खोपको व्यवस्थापनका साथै अन्य उपचारको प्रबन्धका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो । उहाँले प्राप्त सबै सहयोग स्वास्थ्य सेवा विभागमा सङ्कलन गरी सम्बन्धित जिल्लाको माग र आवश्यकताका आधारमा स्वास्थ्य सामग्री पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित उक्त फाउन्डेशनले करीब रु तीन करोड मूल्य बराबरका २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरिएको प्रबन्धक सञ्चालक सुरेश चित्रकारले जानकारी दिनुभयो ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र