एनआरएनए युके निर्वाचनमा गुल्मेली उम्मेदवारहरुको हातेमालो

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी ३१ जुलाईमा हुने निर्वाचनमा गुल्मी जिल्ला समाज यूकेसंग आवद्ध १० उमेदवारहरु निर्वाचनको मैदानमा आएका छन ।
प्रेम गाहा मगरको नेतृत्वमा गुल्मेलीहरु अध्यक्ष देखि कार्यसमिति सदस्यसम्म प्रत्यासीको रुपमा निर्वाचन उठ्ने घोषणा गरेका हुन् ।

गुल्मी जिल्ला समाजका अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओम थापा, पूर्वअध्यक्ष अर्जुन गौतम, निवर्तमान अध्यक्ष राम गलामी, सल्लाहकार केशव भण्डारी, दुर्गा पाण्डे,टाम ढेगा, वर्तमान उपाध्याक्ष मोति पुन, महासचिव बिर बलाल, प्रवक्ता रुद्र थापा, सहकोषाध्यक्ष तारा भट्टराई, सदस्यहरु मोहनलाल घिमिरे ,राधा खरेल,मुकुन्द खरेल लगायतको संयुक्त अन्तरक्रियाले सामुहिक रुपमा निर्वाचनमा जाने बताए ।
अन्तरक्रियामा समाजका सल्लाहाकार, एनआरएन यूकेका उपाध्याक्ष एवं अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरसहित उपाध्यक्षहरुका क्रमशः गोबिन्द खरेल, बिष्णु खरेल, छबिलाल अर्याल, स्कटल्याण्ड राज्य समन्वय परिषद स्कटल्याण्डको अध्यक्षका प्रत्याशी दिवाकर पाण्डे, काशिराम शर्मा, सदस्य प्रत्याशीहरु भिम खनाल, हीरा सापकोटा (दीपक), रामप्रसाद पन्थी र भानुभक्त घिमिरेले आ–आफ्नो परिचय दिए । उनीहरुले गुल्मीहरूको एकता र सहकार्यमा जोड दिए।
उपाध्यक्षका प्रत्याशी एवं इन्ल्याण्ड राज्य परिषदका सचिव गोबिन्द खरेल संचालन गरेको उक्त भर्जुअल कार्यक्रममा उम्मेदवारहरुद्वारा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई सिंगो समाजले प्रत्यासीहरुद्वारा के कस्तो अपेक्षा गरेको छ ? तथा कसरी सम्पूर्ण उमेदवारहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बारेमा बिचार बिमर्श गरिएको थियो, भने वक्ताहरुले आफ्नो विचार राखेका थिए ।

बेलायतमा गुल्मी जिल्ला समाज यूके विभिन्न परोपकारी कार्यक्रमहरुमा योगदान गरिरहेको छ । एनआरएनए यूकेमा पहिलो पटक गुल्मीका प्रत्यासीद्वारा अध्यक्ष पदको लागि दाबेदारी दिइएको छ ।

भर्चुअल कार्यक्रममा गुल्मेलीको एकता कायम राख्दै प्रत्यासीहरुलाई जिताउनको लागि गुल्मेली एकजुट हुनु पर्ने कुरामा बिशेष जोड दिइएको थियो । आगामी निर्वाचनमा समाजको तर्फबाट प्रत्यासीहरुलाई पूर्ण सहयोग पुर्याउने पनि निर्णय गरिएको थियो । एनआरएनएको सदस्यता आवेदनका लागि वेलायतका रहेका गुल्मेलीहरूलाई आव्हान समेत गरिएको थियो । जुन १० मा एनआरएनए युकेको सदस्यता लिने अन्तिम मिति राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री