म र वृक्ष उस्ता उस्तै लाग्छ
जमिन मुनि वृक्षको जरा छ
नाभी चक्रमा मेरो जरा निहित छ
वृक्षको हाँगा , डाली ,पात छन्
मेरो पनि हाँगा रुपी केश ,खुट्टा ,हात छन्
मैले फालेको कार्बनडाइअक्साइड रुखले लिन्छ
रुखले फालेको अक्सिजन प्राणवायु मैले लिन्छु
म छु र त ठिङ्ग उभिएर झुप्प हरित पातमा रुख हाँस्छ
रुख छ र त मेरो जीवनको अस्तित्व धर्तीमा बाँच्छ
म बिना रुख जिउन सक्दैन
र त रुखले मलाइ बचाई रहन्छ प्राण वायु दिएर ,फल ,अन्न ,जडिबुटि दिएर मलाई पोषित गर्छ
मेरो जीवनको अस्तित्व पनि रुख बिना सम्भव छैन
मेरो प्राण सिंगो रुखमा अड्किएको छ
रुखको पात पातमा मेरो फोक्सोको कणकोषहरु फिजिएका छन्
म र वृक्ष उस्ता उस्तै छौं
हामी दुवै एक अर्काका परिपूरक हौं
वृक्ष काटिनु मेरो फोक्सो काटिनु हो
धर्तीमा प्रदुषण फैलाउनु म र वृक्ष दुवैको अस्तित्व संकटमा पर्नु हो
म र वृक्ष बीच प्रदुषण जब आउँछ
तब पर्यावरणको चिरहरण हुन्छ
दुषित पर्यावरणले मेरो र वृक्ष दुवैको सर्वस्वहरण हुन जान्छ
ओैधौगिकरण, विषाक्त धुवाँ, वन फडानीमा वृक्षको हत्या
ग्लोबल वार्मिङ्गको आहत यी सहिनसक्नु पर्यावरण माथिको अन्याय हुन्
पर्यावरणमा प्रदुषण फैलँदा धर्तिको सुन्दरता र जीवन संकटमा फस्नेछ
यही कारण वृक्षलाई मैले जोगाउनु छ
पर्यावरणमा प्रदुषण फैलाउनु हुन्न भन्ने महासंकल्प गर्नु छ
वृक्ष रोपन गरेर ,मलजल दिएर हरियाली बनाउनु छ
प्रकृतिको समिप रही जिवनमा संजीवनी छर्नु छ
मुस्कुराएको सुन्दर धरा, स्वच्छ पर्यावरणमा वृक्षको अहम भूमिका छ
सबैको साझा बसेरा धर्ति मातालाई बचाउन
म र वृक्ष दुवैको आधा आधा मिलाएर पूर्ण योगदान रहने छ
म वृक्षलाई बचाउँछु, वृक्षले मलाई बचाउँछ
तब मात्र प्रकृतिको सन्तुलन कायम रहन्छ
सन्तुलित प्रकृतिमा नै समस्त जीव, वनस्पति ब्यवस्थित रहन्छ
म र वृक्ष उस्ता उस्तै
हामी दुवै शक्तिको पुञ्ज जीवनको आधार ,जगतको श्रृंगार, प्रकृतिको किरदार
म र वृक्ष उस्ता उस्तै
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त