गैरआवासीय नेपाली संघ बेलायतका विषयलाई लिएर नेपाली समुदायहरु विच कोरिएको विभाजनलाई रोक्नु पर्छ भन्ने मेरो पहिलो प्रयास रहदै आएको छ । एनआरएनए युकेको निर्वाचन ३१ जुलाईमा तय भैसकेपछि पदका आकांक्षीहरु मध्ये एकले अर्काको नाम हेर्न र लिन चाहदैन । आफ्नो भन्दा प्रतिस्पर्धीको बढी चर्चा भएको सुन्न पनि चाहदैन । यो संस्कृति हाम्रो नेपाली समाजको होइन । नेपाली भन्ने वित्तिकै एक अर्कालाई स्वागत तथा सत्कार गर्ने हाम्रो विगतको संस्कृति, परम्पराबाट पद र प्रतिष्ठाका लागि झगडा गर्ने तथा पक्ष-विपक्षमा लाग्ने प्रचलनमा परिणत हुन लागेको देखेर म दिक्क छु !
म आफै एनआरएनए युके उपाध्यक्षका रुपमा झण्डै दुई बर्ष काम गर्दा समाज बिभाजनको असरलाई नजिकबाट हेरेको छु । सहमति र सहकार्य भन्ने बिषय भाषणमा मात्र देखिएको छ । व्यवहारमा एकले अर्काको अस्थित्व स्वीकार्न र मिलेर काम गर्न नजान्ने वर्गमा पर्न थालेका छौ । हामीमा यति धेरै स्वार्थ छ । त्यो अरुलाई छाडनुहोस भन्न सजिलै सकिन्छ । तर, आफुले छाडन नसकिदो रहेछ । एनआरएनए युके कार्यसमितिमा काम गरेका कतिपय साथीहरु एउटै टेवुलमा बसेर एक कप चिया पिउने सक्ने अवस्थामा छैनन् । मानौ, हामी पुर्वजन्मका दुश्मन हौ भन्ने जस्ता व्यवहार सार्वजनिक रुपमै प्रकट भएका छन ।
सामाजिक संस्था भनेकै केही समय काम गर्नका लागि आउने हो । जीवन्त रहने संस्थामा झै-झगडा भन्दा नि हातेमालो गरेर समाजमा काम गर्नु पर्छ । यो ‘मुल मन्त्र’लाई मैले सुरुदेखि नै बोकेर हिडेको छु । धेरै साथीहरुलाई मैले एउटै टेवुलमा बसेर एक कप कफि वा चिया पिउने सम्बन्ध चाहि राख्नुहोस है भन्ने गरेको छु ।
डायस्पोराको नेपाली समाजलाई विभाजित गर्ने, अनि त्यहीं विभाजनलाई आफ्नो पक्षमा प्रयोग गर्ने नेपाली राजनीतिको प्रभाव बेलायती नेपाली समाजमा पनि देखिएको छ । यस्ता विभाजनकारी मानसिकताले प्रवासमा असर पारेको छ । कोभिड-१९को महामारीबाट करीव एक सय नेपालीहरुले बेलायतमा ज्यान गुमाउनु पर्दा पनि हामी नेपालीले रिस राग, घृणा र दोषबाट मुक्त हुन सकेका छैनौं ।
तर, मे २०२१ मा आईपुग्दा मातृभुमी वा जन्मभुमी कोरोना संक्रमणका कारण नेपाली आमावुवा, दाजुभाई र दिदीवहिनीले ज्यान गुमाउन थालेपछि यतिवेला मातृभुमिका लागि यहाँको नेपाली समुदाय एकअर्कामा जोडिन थालेका छन । हामी एनआरएनए युकेका मानिसहरु मिल्दा समाजले पनि पत्याउदो रहेछ । कोरोना संक्रमणको चपेटामा परेको बेला पनि एनआरएनए युकेको एक आव्हानमा करोड रुपैयाँ सहयोग गर्न नेपाली समुदायहरु तयार भए । यसलाई मैले धेरै ठुलो उपलव्धीका रुपमा लिएको छु -‘एक हप्तामा करीब २ करोड २० लाखको प्रतिबध्दता !’
हामी विचको एकताले करीव दुई करोड रुपैयाँको अक्सिजन कन्सन्ट्रेटर खरीद गर्न सफल भएका छौ । यो रकमबाट आईसीसी मार्फत पुण्य काम गर्न लागेका छौ । आईसीसी मार्फत जन्मभुमीमा अक्सिजन कन्सन्ट्रेटर पठाउने पहलकदमीले एनआरएनए युके प्रति नेपाली समुदायले विश्वास पलाएको मैले ठानेको छु । एनआरएनए युकेमा देखिएको लामो विवादपछि एउटा विश्वासको पालुवा पलाउन लागेको छ । यो विश्वासलाई आगामी दिनमा जारी राख्नु सक्नु पर्छ । बेलायतस्थित नेपाली समाज नविग्रियोस, नबाडियोस भन्ने मेरो ध्येय छ । त्यसको लागि मैले जस्तोसुकै योगदान गर्न पनि तयार छु ।
(लेखक खड्का एनआरएनए युकेका उपाध्यक्ष हुन )
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]