काठमाडौँ। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको छ ।
परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा. हरि पौडेल (बाग्लुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) को नाम सिफारिश गरेको छ ।
त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ । राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ ।
राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौँ), राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा. रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) लाई सिफारिश गरिएको छ । त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा. उमाशंकर चौधरी (नवलपरासी, बर्दघाट सुस्तापश्चिम), मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिश गरिनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको थियो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै