काठमाडौँ। पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । यस्तै, तीन हजार ३७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ । हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परी क्षण गरिएको छ ।
कूल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या ८३ हजार ४९३ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७६५ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६ छन् ।
निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० रहेको छ । भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ । ललितपुरमा हाल सक्रिय सङक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन् । यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा