पोर्चुगल । गोडिडिजिटल प्रालिद्वारा युरोपेली मुलुक पोल्याण्डबाट सञ्चालित नेपाली अनलाइन मिडिया पिएनटिभी डटकमको प्रथम वार्षिकोत्सव सप्पन्न भएको छ ।
कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रवासमा बसेर आफ्नो कामबाट बचेको समयमा पत्रकारिता गर्नु भनेको निकै चुनौतीपूर्ण हुँदाहुँदै पनि न्यूजपिएनटिभीले एक वर्षको समयमा युरोपेली देशहरूमा रहेका नेपालीमाझ लोकप्रिय बनेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय महासचिव रोशन पुरीले नेपाली पत्रकारले प्रवासमा बसेर नेपाली समुदायको मागअनुरुप अनलाइनले पत्रकारिता गरेको बताउँदै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्ने अभियान पत्रकार महासङ्घ हातेमालो गर्ने जनाउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घका महासचिव डा हेमराज शर्मा, पत्रकार महासङ्घ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, पत्रकार महासङ्घ युरोप अध्यक्ष प्रेम नेपाली, गैरआवासीय नेपाली सङ्घका मिडिया संयोजक चिरन शर्मा, पत्रकार महासङ्घ युरोप वरिष्ठ उपाध्यक्ष केन्जिन राई, पत्रकार महासङ्घ गण्डकी अध्यक्ष नारायण शर्मा, गैरआवासीय नेपाली सङ्घ पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, गैरआवासीय नेपाली सङ्घ स्पेनका उपाध्यक्ष उत्तर राई, पत्रकार महासङ्घ युरोपका उपाध्यक्ष रविचन्द्र भट्टराई र राजकुमार थापालगायतले पोल्याण्ड कर्मथलो बनाउँदै आउनुभएका नेपाली पत्रकारले नेपाली समुदायले गरेका सकारात्मक कामको उजागर र नकारात्मक कामको भण्डाफोर गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने