काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।
मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उहाँलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि उहाँलाई कोरोनाको लक्षण देखा परेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा