गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।
बिहीबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा बस्ती हस्तान्तरण गरे । बस्ती हस्तान्तरण समारोहमा भाग लिन चारवटा हेलिकप्टरमा पुनःनिर्माण प्राधिकरण र एनआरएनएका प्रमुख तथा प्रतिनिधि बिहीबार गुप्सीपाखा आएका थिए ।
एकदेखि डेढ वर्षमै बस्ती पुनःनिर्माण सक्ने योजना रहेपनि वर्षा र हिउँ पर्दा ढिला भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताए । ढिलै भएपनि सुन्दर बस्ती बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । गुप्सी पाखालाई पूर्वाधारयुक्त बस्ती बनाउने पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए । खानेपानी, ढल,नाली तथा पहिरो नियन्त्रण लगायतका काम गर्ने योजना अघि बढिरहेको उनको भनाइ छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा