गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।
बिहीबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा बस्ती हस्तान्तरण गरे । बस्ती हस्तान्तरण समारोहमा भाग लिन चारवटा हेलिकप्टरमा पुनःनिर्माण प्राधिकरण र एनआरएनएका प्रमुख तथा प्रतिनिधि बिहीबार गुप्सीपाखा आएका थिए ।
एकदेखि डेढ वर्षमै बस्ती पुनःनिर्माण सक्ने योजना रहेपनि वर्षा र हिउँ पर्दा ढिला भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताए । ढिलै भएपनि सुन्दर बस्ती बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । गुप्सी पाखालाई पूर्वाधारयुक्त बस्ती बनाउने पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए । खानेपानी, ढल,नाली तथा पहिरो नियन्त्रण लगायतका काम गर्ने योजना अघि बढिरहेको उनको भनाइ छ ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा