काठमाडौँ। नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।
मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ तथा मोहम्मद वाफिकले १२ रन बनाए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन ÷तीन विकेट लिए भने सुसन भारीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए । आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६ तथा विनोद भण्डारीले ८ रन जोडे ।
बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए । नेपालले ४ खेलमा ३ जीत र १ मा हारसहित ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।
त्यसैगरी नेदरल्यान्ड्स ४ खेलमा २ मा जीत, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । अब नेपाल र नेदरल्यान्ड्सवीचको फाइनल खेल शनिबार हुनेछ ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा