काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उहाँहरुले एमालेको एकता जोगाउन अपिल गर्नुभएको हो । उहाँहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्नुभएको छ । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेकोसमेत उल्लेख गर्दै उहाँहरुले अपिलमा भन्नुभएको छ, “फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौँ ।”
अपिलमा पार्टी एकताका लागि फागुन २८ गते र तत्पश्चात् भएका बैठकका निर्णय फिर्ता हुनुपर्ने उहाँहरुको माग रहेको छ । “फागुन २८ गते र त्यसपछि भएका बैठकका निर्णय फिर्ता हुनुपर्दछ । यदि त्यसो भयो भने एमालेको एकता जोगिन्छ”, उहाँहरुको अपिलमा भनिएको छ, “एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ ।”
यसरी अपिल गर्ने नेतामा खनाल, नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ष विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा