लण्डन । इंग्लिस प्रिमियर लिगका ६ क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनीहरूले विज्ञप्तिमार्फत आफूहरू सुपर लिगमा सहभागाी नहुने जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड, टोटनह्यामले सुपर लिगबाट हात झिकेका हुन्।
सुरुमा म्यानचेस्टर सिटीले विज्ञप्ति निकालेर आफू युरोपियन सुपर लिगमा सहभागी नहुने बताएको हो। त्यसपछि अन्य क्लबले पनि लिगमा सहभागी नहुने घोषणा गरेका हुन्।
म्यानचेस्टर युनाइटेडले पनि आफ्ना समर्थक, सरकार, अन्य सरोकारवालाको सुझावअनुसार सुपर लिग नखेल्ने निर्णय गरिएको जनाएको छ।
आर्सनलले खुलापत्रमार्फत आफ्ना समर्थकसँग माफीसमेत माग्दै सुपर लिगमा सहभागी नहुने निर्णय गरिएको जानकारी दिएको छ। अन्य क्लबले पनि यस्तै किसिमका धारणा राख्दै लिगमा सहभागी नहुने जनाएका छन्। क्लबका फ्यानहरुले तीब्र आक्रोश पोख्दै बेलायतमा प्रदर्शन समेत गरेका थिए ।
यसैबीच यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले सुपर लिग नखेल्ने क्लबहरूको निर्णयको स्वागत गरेका छन्। उनले भनेका छन्, ‘अब हामी मिलेर अघि बढ्छौं।’
गत आइतबार रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहित १२ क्लबको नेतृत्वमा युरोपियन सुपर लिग ईएसएल घोषणा गरिएको थियो।
जुन सामानान्तर प्रतियोगिता भएको भन्दै चौतर्फी विरोध भइरहेको थियो।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने