लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम (१) बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले)का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना दुई सदस्यलाई कारवाही गरेपछि माओवादी केन्द्रमा १७ जना सदस्य कायम छन् । लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।
यसैबीच पोखरेल सरकारमा रहेका माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आजै आ-आफ्ना पदबाट संयुक्त राजीनामा दिनुभएको छ । उहाँहरुले मुख्यमन्त्री पोखरेललाई राजीनामा पत्र बुझाउनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी