म्याग्दी। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उहाँहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा जानुभएको थियो ।
सेभेन समिट ट्रेकिङका अध्यक्ष निग्मा शेर्पाले पूर्णिमालगायत छ नेपाली महिला पर्वतारोही टोलीले आज अपराह्न १ः३० बजे अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिनुभयो । “अन्नपूर्ण प्रथम हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्”, उहाँले भन्नुभयो “जोखिमयुक्त र कठिन मानिने अन्नपूर्णमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”
टोलीमा पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ सहभागी हुनुहुन्थ्यो । पथप्रर्दशक पेम्बाको सहयोगमा उहाँहरुले अन्नपूर्ण आरोहण गर्नुभएको हो ।
पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन् १९५० जुन ३ तारेखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो ।
अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानवपाइला परेको जेठो हिमाल हो । पूर्णिमाको टोलीको नाममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोहीको किर्तिमान बनेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
“पूर्णिमाको टोली म्याग्दीको नाच्याङ हँुदै अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको प्रयोग गरेर आरोहणमा जाने पहिलो टोली पनि हो”, उहाँले भन्नुभयो “मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविरलाई पदमार्गले जोडेर पर्वतारोही भित्र्याउन थालेका छौँ ।”
सो टोलीलाई अन्नपूर्ण आरोहणका लागि गण्डकी प्रदेश सरकारले रु आठ लाख, गाउँपालिकाले रु चार लाख, गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगतरुपमा रु एक लाख सहयोग गर्नुभएको छ ।
गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामाकरण, नक्साङ्कन, पूर्वाधार निर्माण र प्रर्वद्धन शुरु गरेको छ । अन्नपूर्ण प्रथमको आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको सङ्ख्या असाध्यै कम छ । यसअघि आरोही हेलिकप्टरबाट आधार शिविर जाने गरेका थिए । मुस्ताङको कुञ्जो हुँदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । विसं २०६८ मा नारच््याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच््याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।
पर्यटन विभागले रु दुई करोड बढीको लागतमा हुमखोलादेखि आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गर्न शुरु गरेको छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको सङ्ख्या कम भएको हो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार