बिहीबार, वैशाख २३ २०७८ | Thu, May 06, 2021
नेपालको समय: ०९:४९ | UK Time: 05:04

नेपाल पत्रकार महासङ्घमा पोख्रेलको प्यानल विजयी (नामावली सहित)

वीनेपाली
२०७७ चैत २८ गते १४:३४

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी हुनुभएको हो ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभएको छ ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित हुनुभएको छ । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति
अध्यक्ष विपुल पोखरेल
वरिष्ठ उपाध्यक्ष रमेश विष्ट
महिला उपाध्यक्ष बाला अधिकारी
समावेशी उपाध्यक्ष उदय जीएम
महासचिव रोशन पुरी
सचिव (खुला) गोविन्द चौलागाइँ
सचिव (जनजाति) नारायण किलम्बु
सचिव (महिला) सिर्जना अर्याल
सचिव (दलित) हेमचन्द्र विक
सचिव (एसोशिएट) पवन आचार्य
सचिव (मधेसी) दीपेन्द्र चौहान
कोषाध्यक्ष कलेन्द्र सेजुवाल
लेखा समिति संयोजक लेखनाथ न्यौपाने
सदस्य (खुला)
छविलाल तिवारी
वासुदेव शर्मा (बबिन)
माधव पौडेल
रमेश खतिवडा
शिवराज खत्री
सदस्य महिला (खसआर्य)
सरिता तिम्सिना
सदस्य महिला (मधेसी)
ललिताकुमारी साह
सदस्य महिला (जनजाति)
शान्ता आङबुहाङ
सदस्य महिला (दलित)
सरिता बराइली
सदस्य (आदिवासी जनजाति)
भीषण राई
सदस्य (आदिवासी जनजाति महिला)
सन्चकुमारी ब्लोन
सदस्य (दलित)
प्रकाश धौलाकोटी
सदस्य (दलित महिला)
राधा नेपाली
सदस्य (मधेसी)
सुभाषप्रसाद साह
सदस्य (मधेसी महिला)
रिंकुकुमारी मिश्र
सदस्य (अपाङ्गता)
नविन रिजाल
सदस्य (अल्पसंख्यक)
इफ्तखार हसन (इकवाल खान)
सदस्य (प्रदेश १)
दीपेन्द्र रुम्दाली राई
अमर खड्का
सदस्य (प्रदेश २)
केसी लामिछाने
शिव पुरी
सदस्य (सुदूरपश्चिम)
उत्तर सिंह विष्ट
भरतबहादुर शाह
सदस्य (उपत्यका)
शन्तराम विडारी
ज्ञानप्रसाद पौडेल
सदस्य (प्रतिष्ठान)
मणि दाहाल
रामकृष्ण अधिकारी
सदस्य (एसोसिएट)
विकास कार्की
कृति भट्टराई
सदस्य (गण्डकी)
प्रदीप काफ्ले
त्रिभुवन पौडेल
सदस्य (लुम्बिनी)
शुशील पोखरेल
भवानीप्रसाद पाण्डे
सदस्य (बाग्मती)
ध्रुव रावल
सुनिल खड्का
सदस्य (कर्णाली)
दीपेन्द्र शर्मा
भीमबहादुर सिंह
लेखा समिति
(खुला) मुकुन्दप्रसाद भण्डारी
(महिला) देवी सापकोटा

नेपाल पत्रकार महासंघको अध्यक्ष विजयी विपुल पोखरेललाई बधाई तथा कार्यकालको शुभकामाना दिँदै अध्यक्ष पदका अर्की उम्मेदवार निर्माला शर्मा । तस्वर ः रोशन सापकोटा, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक