
अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।
बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताए ।
सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’