ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।
राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताउनु भएको छ ।
शुक्रबार ६२ वर्ष पुग्नु भएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाउनु भएको छ ।
राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाउनु भएको थियो । उहाँले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाउनु भएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।
अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ ।
अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा