
त्रिलोकसिंह थापाका दुई मुक्तक
बल्ल थाहा पाएँ जान्न पाएँ
विश्वमा महान हाम्रो संविधान छ।
को जित्यो को हार्यो ?
फ़ैसलामा शतप्रतिशत विधान छ।
कुर्सीको आफनै अडान छ
शाकाहारी मांसाहारी बन्द हड़ताल छ
लडडु पेड़ा साटासाट हर्षबढाइँ छ
नैतिक अनैतिक धनुबाण चल्यो
कुर्सी जहाँ छ चुपचाप छ।
राजनीति अस्थिर, कुर्सी स्थिर छ
नेता चिन्तित केही मालामाल छन्
युद्धदेखि बुद्ध नेपाली नेतामा छ
‘अनकम्फर्ट’देखि ‘कम्फर्ट’ नेतामा छ।
तर जनता न यता न उता हैरान छ
विश्वमा महान हाम्रो संविधान छ।
२
मोतीचुरको लड्डु
लडडुको कमाल हो
एकपटक खाँदा
दुइटा बाट एक बन्यौँ
अर्कोपटक खाँदा
एकबाट दुइटा भयौं
अब खायौं भने कतिवटा ?
कस्तो होला लड्डुको कमाल
एउटा खाँदा आ-आफनो बथान पुग्यौं
पहिलोपटक खाँदा जयकार गर्यौं
दोस्रो पटकमा तिरस्कार गर्यौं
अब लड्डु बहिष्कार गरौं
हर्ष बढाईमा चाउमिन खाऊँ
राजनीतिमा दाउमिन लगाऊँ
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
फेसबुक