बर्लिन । जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना सार्वजनिक गर्नुभएको छ ।
चान्सलर मर्केलले कोभिड–१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रमलाई मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गर्नुभएको छ ।
उहाँले अर्को हप्तादेखि घरपरिवारबीच अझ बढी सामाजिकरणको अनुमति दिन चाहेको प्रस्ताबमा उल्लेख गरिएको छ ।
पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने प्रस्ताव एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ । प्रस्तावमा पुस्तक पसल, फूल पसल तथा बगैँचा केन्द्रहरूलाई छिट्टै पुनः सञ्चालनका लागि अनुमति दिइने उल्लेख गरिएको छ ।
प्रस्तावलाई जर्मनीका १६ क्षेत्रीय सरकार प्रमुखले अनुमोदन गर्न बाँकी रहेको र मर्केल र उहाँहरूबीच यस सन्दर्भमा बुधबार छलफल हुने बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा