‘भरोसाको दीयो’ सार्वजनिक

लण्डन । नेपाली सांगीतिक क्षेत्रमा अग्रसर हरिहर निरौलाले ‘भरोसाको दीयो’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।भरोसाको दीयो बाली मुटु पहिले मुटु साटेको तर पछि जीवनमै नसोचेको धोका खान पुगेको कथा बोकेको विषयबस्तुहरुलाई केन्द्रीकृत गरेर निरौलाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

दुई मुटुको मिलन पछि जीवन उज्यालो हुने कुरा बोलेको उक्त गीत सत्य स्वरुपको नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे हो ।बहुचर्चित गायक सत्यराज आचार्यको स्वर रहेको गीतमा हरिहर निरौलाले शब्द तथा विशाल ढकालले संगीत गरेका छन् । पुष्कर सुनुवारले एरेन्ज गरेको उक्त म्यूजिककोे रेकर्डिस्ट डिजे मेवाहाँग हुन भने किशोर थापाले मिक्स गरेका हुन् ।

सत्यराज आचार्य, स्वरुप पुरुष ढकाल र पुष्पा रायमाझीको अभियन रहेको सो गित हरि हुमागाईँले छायांकन गरेका छन् ।सत्य राज आचार्यको निर्देशन रहेको गीतमा अनिता थापा आचार्यले सहायक निर्देशको भूमिका खेलेकी छन् । गायक आचार्यले निर्देशन र अनिता थापाको सहायक निर्देशनमा बजारमा आएको उक्त गीतको वियोगान्तमा कथामा आधारित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री