लण्डन । नेपाली सांगीतिक क्षेत्रमा अग्रसर हरिहर निरौलाले ‘भरोसाको दीयो’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।भरोसाको दीयो बाली मुटु पहिले मुटु साटेको तर पछि जीवनमै नसोचेको धोका खान पुगेको कथा बोकेको विषयबस्तुहरुलाई केन्द्रीकृत गरेर निरौलाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
दुई मुटुको मिलन पछि जीवन उज्यालो हुने कुरा बोलेको उक्त गीत सत्य स्वरुपको नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे हो ।बहुचर्चित गायक सत्यराज आचार्यको स्वर रहेको गीतमा हरिहर निरौलाले शब्द तथा विशाल ढकालले संगीत गरेका छन् । पुष्कर सुनुवारले एरेन्ज गरेको उक्त म्यूजिककोे रेकर्डिस्ट डिजे मेवाहाँग हुन भने किशोर थापाले मिक्स गरेका हुन् ।
सत्यराज आचार्य, स्वरुप पुरुष ढकाल र पुष्पा रायमाझीको अभियन रहेको सो गित हरि हुमागाईँले छायांकन गरेका छन् ।सत्य राज आचार्यको निर्देशन रहेको गीतमा अनिता थापा आचार्यले सहायक निर्देशको भूमिका खेलेकी छन् । गायक आचार्यले निर्देशन र अनिता थापाको सहायक निर्देशनमा बजारमा आएको उक्त गीतको वियोगान्तमा कथामा आधारित छ ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न