एथेन्स। ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गर्नुभएको छ ।
कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उहाँले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गर्नुभएको हो ।
ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।
लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन् ।
त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत धेरै बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो ।
लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन् ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय