काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोप केन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताउनुभयो । उहाँका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप प्राप्त गरेका छन् ।
मन्त्रालयले पहिलो चरणको खोप अभियान यहि माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
यही माघ १४ गतेदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार