
लन्डन । नेपाल फिल्म सोसाइटी यूके अन्तरराष्ट्रिय संयोजकको जिम्मेवारी संचारकर्मी राजेन्द्र भट्टले पाएका छन । टेलिभिजन पत्रकारितामा झण्डै दुइ दशकदेखि कार्यरत भट्टले टेलिभिजन पत्रकारिता र चलचित्र क्षेत्रलाई एकसाथ अघि बढाउने छन । विगतमा चलचित्र क्षेत्रमा लागेका संचारकर्मी पुन: नेपाली फिल्मलाई पनि सँगै लिएर हिडन लागेका हुन ।
नेपाल चलचित्रलाई डायस्पोराका नेपाली समुदाय माँझ पुर्याउने जिम्मेवारी थपिएको उनले बताए । ‘नेपाली फिल्मलाई डायस्पोराका नेपाली समुदाय माँझ पुर्याउने र माया गर्ने वातावरण सिर्जना गर्न मेरो काधमा आएको छ’, संयोजक भट्टले वीनेपाली सँग भने । प्रवासमा टेलिभिजन पत्रकारिताको अनुभव गरिसकेका भट्टले टेलिभिजन पत्रकारितालाई पनि निरन्तरता दिनेछन । भट्टले आफ्नो चलचित्र पनि यसैबर्ष प्रदर्शनमा आउने जानकारी दिए । लामो समय बेलायतमा टेलिभिजन पत्रकारिताको अनुभव लिएका संयोजक भट्टले पछिल्लो समय नेपालमा टेलिभिजन पत्रकारिता र समाज सेवामा सकृय छन । गैरआवासीय नेपाली संघका बिषयमा विभिन्न पुस्तक समेत प्रकाशित गरिसकेका छन ।
नेपाल चलचित्रलाई डायस्पोराका बजारमा पुर्याउन गत वर्ष कलाकार जानकी पन्तको अध्यक्षतामा बेलायतमा कार्यसमिति गठन भएको थियो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदास जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री छन ।
सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् । यसैगरी सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन् ।
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत