
लन्डन । नेपाल फिल्म सोसाइटी यूके अन्तरराष्ट्रिय संयोजकको जिम्मेवारी संचारकर्मी राजेन्द्र भट्टले पाएका छन । टेलिभिजन पत्रकारितामा झण्डै दुइ दशकदेखि कार्यरत भट्टले टेलिभिजन पत्रकारिता र चलचित्र क्षेत्रलाई एकसाथ अघि बढाउने छन । विगतमा चलचित्र क्षेत्रमा लागेका संचारकर्मी पुन: नेपाली फिल्मलाई पनि सँगै लिएर हिडन लागेका हुन ।
नेपाल चलचित्रलाई डायस्पोराका नेपाली समुदाय माँझ पुर्याउने जिम्मेवारी थपिएको उनले बताए । ‘नेपाली फिल्मलाई डायस्पोराका नेपाली समुदाय माँझ पुर्याउने र माया गर्ने वातावरण सिर्जना गर्न मेरो काधमा आएको छ’, संयोजक भट्टले वीनेपाली सँग भने । प्रवासमा टेलिभिजन पत्रकारिताको अनुभव गरिसकेका भट्टले टेलिभिजन पत्रकारितालाई पनि निरन्तरता दिनेछन । भट्टले आफ्नो चलचित्र पनि यसैबर्ष प्रदर्शनमा आउने जानकारी दिए । लामो समय बेलायतमा टेलिभिजन पत्रकारिताको अनुभव लिएका संयोजक भट्टले पछिल्लो समय नेपालमा टेलिभिजन पत्रकारिता र समाज सेवामा सकृय छन । गैरआवासीय नेपाली संघका बिषयमा विभिन्न पुस्तक समेत प्रकाशित गरिसकेका छन ।
नेपाल चलचित्रलाई डायस्पोराका बजारमा पुर्याउन गत वर्ष कलाकार जानकी पन्तको अध्यक्षतामा बेलायतमा कार्यसमिति गठन भएको थियो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदास जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री छन ।
सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् । यसैगरी सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित