लन्डन । याक्थुङ लिम्बु समुदायमा धर्मको बहसले तीव्र रूप लिइरहेको भन्दै सबै पक्षलाई संयमित हुन लिम्बुवान नागरिक समाज युकेले आग्रह गरेको छ ।
समाजले समन्वयकारी भूमिका खेल्न जातीय संस्था किरात याक्थुङ चुम्लुङलाई विशेष आह्वान समेत गरेको छ ।
शनिबार सम्पन्न आठौँ साधारणसभाबाट धर्मको बहसले लिम्बुवान आन्दोलनलाई असर पु¥याउन नहुने भन्दै समाजले समुदायमा देखा परेको द्विविधालाई हल गर्न चुम्लुङलाई संयोजनकारी भूमिका खेल्न अनुरोध गरिएको अध्यक्ष छत्र वनेमले बताए ।
‘पछिल्लो समय लिम्बु समुदायमा भइरहेको बहसले सबैलाई प्रभाव पारेको छ । लिम्बुवानमा रहेको महत्वपूर्ण जाति भएकोले आन्तरिक बहसमा हाम्रो पनि चासो रहेको छ,’ उनले भने, ‘यसकारण हामीले संयमित बहसमा उत्रन सबैलाई आग्रह गरेका छौँ ।’ उनले धर्म निजी स्वतन्त्रताको विषय भएको जिकिर गर्दै जाति र भाषामा भने एकरूपता कायम गरेर अघि बढ्न समाजले सबै पक्षलाई अुनरोध गरेको बताए ।
भर्चुअल(जुम) माध्यमबाट भएको साधारणसभाले लिम्बुवान नागरिक बहस श्रृङ्खलालाई समेत निरन्तरता दिने निर्णय गरेको छ । लिम्बुवान क्षेत्रका विविध विषयहरू उपर प्राज्ञिक बहस गराउने गरी सन् २०१९ देखि श्रृङ्खलाको सुरुवात भएको थियो । जसअन्तर्गत हालसम्म तीन श्रृङ्खलाहरू सम्पन्न भइसकेका छन् ।
यसैगरी, लिम्बुवान आन्दोलनलाई सहयोग पु¥याउन नेपालमा आफ्नो समितिलाई समेत विस्तार गरेर कार्यक्रम अघि बढाउने निर्णय गरिएको महासचिव लाहाङ चेम्जोङले बताए । उनले कोभिड महामारीले विगतका निर्णयहरूको कार्यान्वयनमा असर पुगेको भन्दै आगामी वर्षभित्र सबै निर्णयहरू लागू गरिने प्रतिबद्धता व्यक्त गरे ।
समाजले सातौँ साधारणसभाबाट दश लाख रूपैयाँको काङ्सोरे पुरस्कार अक्षयकोष स्थापना गर्ने समेत निर्णय गरेको स्मरण गराए । ‘लिम्बुवान आन्दोलनमा आफ्नो जीवनकालभर सङ्घर्ष गरेका एक व्यक्तिलाई प्रत्येक कार्यकालको अवधिमा एक लाख रूपैयाँ राशीसहितको काङ्सोरे पुरस्कार प्रदान गर्नेछौँ,’ महासचिव चेम्जोङले भने ।
त्यसैगरी, मिडिया सचिव अमित थेवेको सम्पादनमा सङ्कलन भइरहेको लिम्बुवानी कविता सङ्ग्रहलाई पनि यथाशीघ्र प्रकाशन गर्ने निर्णय सभाले निर्णय गरेको छ । सभाले महासचिव चेम्जोङको साङ्गठनिक प्रतिवेदनलाई पारित गरेको थियो । त्यस्तै, कोषाध्यक्ष विकास हेल्लोकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पनि पारित गरेको थियो । कोभिड महामारीका कारण कोष वृद्धि गर्न आयोजना गर्ने भनिएको च्यारिटी डिनर कार्यक्रम प्रभावित भएको हेल्लोकले बताए ।
साधारणसभामा लिम्बुवान समाज यूकेका अध्यक्ष दिलसिङ मेन्याङ्वो, सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेका अध्यक्ष टङ्क खापुङ, लेखक विजय लुम्फुङ्वा, फागो चोङवाङ लिम्बु परिवार यूकेका भरत फागो चोङवाङ, लिम्बुवान नागरिक समाजका नेपाल संयोजक निलिफा सुब्बा, सल्लाहकारहरू नरेन्द्र माबोहाङ, राजेन्द्र खिम्दिङ, निर्मल पतङ्वा, दिल पालुङ्वा लगायतले सम्बोधन गरेका थिए । सभाको सञ्चालन मिडिया सचिव अमित थेवेले गरेका थिए ।
यूकेमा बसोबासमा गरिरहेका लिम्बुवान आन्दोलन समर्थकहरूको भेलाले सन् २००९ सेप्टेम्बरमा स्व. प्रसाद थेवेको अध्यक्षतामा लिम्बुवान नागरिक समाज यूके(तत्कालीन लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके) गठन गरेको थियो । समाजले पटकपटक विभिन्न अवसरमा पूर्वमा ऐतिहासिक शाषकीय पृष्ठभूमिका आधारमा लिम्बुवान प्रदेश कायम हुनुपर्ने माग गर्दै आएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी