दमौली । वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ गीत सार्वजनिक भएको छ । प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।
उक्त म्युजिक भिडियोमा स्वयं महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ । नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन बाल्टिमोरमा गरिएको छ ।
मेरिल्याण्ड राज्यका महावाणिज्यदूतसमेत रहनुभएका महतले पछिल्लो समय निकै चर्चामा रहेको मानुङकोटको थप प्रचारप्रसारका लागि आफूले गीत रचना गरेको जानकारी दिनुभयो ।
गीतमा भनिएको छ :
हिउँको नदी मस तिरैमा
लालीगुराँस लाइदिउँला शिरैमा
घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा
तिम्रो माया छ कलेजोमाथि मुटुको माझैमा
उर्लिआयो मादी र सेती
झन् झन् गहिरो बनायो पिरती
घर छ मेरो दमौली माथि मानुङडाँडैमा
तिम्रो माया छ कलेजोमाथि मुटुको माँझैमा
गायक महतको गीतले मानुङको प्रचारप्रसारका लागि थप टेवा पुग्ने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । “वरिष्ठ गायकले मानुङको प्रचारप्रसारका लागि गीत निकाल्नुभएको छ, यसले मानुङको प्रवर्धनका लागि थप योगदान पुग्छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय मानुङमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल छ । मानुङकोटबाट देखिने सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि देशका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । मानुङकोटबाट पाँच हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते