बर्लिन । युरोपेली संघ (ईयू) ले बेलायतको संघबाट बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौता गर्न चाहेको जर्मन सरकारले शुक्रबार बताएको छ ।
जर्मन सरकारले सम्झौता गर्नुको विकल्प ईयूले नसोचेको तर यसका लागि आफ्नो सिद्धान्त र नीतिको विपरित हुनेगरी कुनै थप मूल्य चुकाउन भने नसक्ने जर्मनीका अधिकारीले बताएका हुन् ।
“हामीलाई थाहा छ समय सकिएको छ,” जर्मन चान्सलर एन्जेला मार्केलका प्रवक्ता स्टेफेन सिबर्टले भन्नुभयो । “ईयूले संयुक्त अधिराज्य (बेलायत)सँग सम्झौता गर्न तयार छ तर यसका लागि कुनै अतिरिक्त मूल्य चुकाउन नचाहनु स्वभाविक हो ।”
उहाँले बर्लिनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “सबैका आ–आफ्ना सिद्धान्तहरू हुन्छन् । सम्झौताका लागि निश्चित सीमा छन् र यसलाई काट्नु भनेको संघको गठन र हित विपरीत हुन जान्छ ।
सम्झौताका लागि ईयूले प्रस्तुत गर्दै आएका आधारभन्दा थप लचकता अपनाउन असम्भव रहेको उहाँले थप्नुभयो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित