रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ ।
महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो ।
प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिनुभयो ।
नयाँ व्यवस्थाअनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उहाँले बताउनुभयो ।
इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् ।
“क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लापर्वाही गर्यौँ भने महामारी झन फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भन्नुभयो ।
नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागु हुने पनि उहाँले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ