लण्डन । बेलायत सरकारले इङल्याण्डमा डिसेम्बर २ मा राष्ट्रव्यापी लकडाउन अन्त्य भएपछि विभिन्न क्षेत्रलाई कोरोना संक्रमणको दरका आधारमा तीन स्तरमा वर्गीकरण गरेको छ ।
बिहीबार सार्वजनिक सूची अनुसार कोरोना संक्रमणको अति जोखिमयुक्त क्षेत्र टियर ३ मा निम्न क्षेत्र परेका छन् :
टियर २
टियर १
कुन टियरमा के के गर्न पाइने, के के गर्न नपाइने ?
टियर ३
यस टियरमा परेका क्षेत्रमा घरभित्र र बाहिर अर्कोघरका सदस्यसित भेट गर्न पाइने छैन तर पार्क वा सार्वजनिक स्थलमा भने ६ जनासम्म भेट गर्न पाइने छ । बार, पब, रेष्टुरेन्टहरु बन्द रहने छन् । केवल टेकवे मात्र सेवा दिन पाउने छन् । अति आवश्यकबाहेकका पसलहरु खुल्ने छन् । घरैबाट गर्न सकिने भए काम घरैबाछ गर्न सुझाव दिइएको छ । वैवाहिक समारोहमा १५ जनासम्मलाई बोलाउन पाइने छ । प्रार्थना गर्ने स्थलमा एकाघरबाहेक अरुसित सम्पर्क गर्न पाइने छैन ।
टियर २
यस टियरमा परेका क्षेत्रमा घरभित्र अरुसित भेटघाट गर्न पाइनेछैन । गार्डेनमा ६ जनासित भेट गर्न पाइनेछ। पब, रेष्टुराँ, बारहरु खानाका लागिमात्र राति ११ बजेसम्म खुल्न पाउने छन् । अन्तिम अर्डर १० बजे सम्म मात्र गर्न पाइने छ । वैवाहिक समारोहमा १५ जना र फ्यूनेरलमा ३० जना सम्म सहभागी हुन पाउने छन् । खेलकुद वा थियटरमा क्षमताको ५० प्रतिशतसम्म बाहिर भए २००० जनासम्म र भित्रभए १००० जनासम्म सहभागी हुन पाउने छन् ।
टियर १
घरभित्र ६ जनासम्म भेला हुन पाइने छ । पब, बार, रेष्टुराँहरु राति ११ बजेसम्म खुल्न पाउनेछन् । ६ जनासम्म घरमा बस्न पाउनेछन् । खेलकुद, थियटर आदिमा बाहिर भए क्षमताको ५० प्रतिशत वा ४ हजार जना वा घरभित्र भए ५० प्रतिशत वा १ हजार जनामा जुन संख्या सानो छ त्यति सहभागी हुन पाउनेछन् ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ