लण्डन । बेलायत सरकारले इङल्याण्डमा डिसेम्बर २ मा राष्ट्रव्यापी लकडाउन अन्त्य भएपछि विभिन्न क्षेत्रलाई कोरोना संक्रमणको दरका आधारमा तीन स्तरमा वर्गीकरण गरेको छ ।
बिहीबार सार्वजनिक सूची अनुसार कोरोना संक्रमणको अति जोखिमयुक्त क्षेत्र टियर ३ मा निम्न क्षेत्र परेका छन् :
टियर २
टियर १
कुन टियरमा के के गर्न पाइने, के के गर्न नपाइने ?
टियर ३
यस टियरमा परेका क्षेत्रमा घरभित्र र बाहिर अर्कोघरका सदस्यसित भेट गर्न पाइने छैन तर पार्क वा सार्वजनिक स्थलमा भने ६ जनासम्म भेट गर्न पाइने छ । बार, पब, रेष्टुरेन्टहरु बन्द रहने छन् । केवल टेकवे मात्र सेवा दिन पाउने छन् । अति आवश्यकबाहेकका पसलहरु खुल्ने छन् । घरैबाट गर्न सकिने भए काम घरैबाछ गर्न सुझाव दिइएको छ । वैवाहिक समारोहमा १५ जनासम्मलाई बोलाउन पाइने छ । प्रार्थना गर्ने स्थलमा एकाघरबाहेक अरुसित सम्पर्क गर्न पाइने छैन ।
टियर २
यस टियरमा परेका क्षेत्रमा घरभित्र अरुसित भेटघाट गर्न पाइनेछैन । गार्डेनमा ६ जनासित भेट गर्न पाइनेछ। पब, रेष्टुराँ, बारहरु खानाका लागिमात्र राति ११ बजेसम्म खुल्न पाउने छन् । अन्तिम अर्डर १० बजे सम्म मात्र गर्न पाइने छ । वैवाहिक समारोहमा १५ जना र फ्यूनेरलमा ३० जना सम्म सहभागी हुन पाउने छन् । खेलकुद वा थियटरमा क्षमताको ५० प्रतिशतसम्म बाहिर भए २००० जनासम्म र भित्रभए १००० जनासम्म सहभागी हुन पाउने छन् ।
टियर १
घरभित्र ६ जनासम्म भेला हुन पाइने छ । पब, बार, रेष्टुराँहरु राति ११ बजेसम्म खुल्न पाउनेछन् । ६ जनासम्म घरमा बस्न पाउनेछन् । खेलकुद, थियटर आदिमा बाहिर भए क्षमताको ५० प्रतिशत वा ४ हजार जना वा घरभित्र भए ५० प्रतिशत वा १ हजार जनामा जुन संख्या सानो छ त्यति सहभागी हुन पाउनेछन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित