गृहमन्त्री पटेलको बचाउमा प्रधानमन्त्री जोन्सन

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिश जोन्सनले गृहमन्त्री प्रीति पटेलले राम्रो काम गरेको भन्दै बचाउ गरेका छन ।  एउटा स्वतन्त्र छानविन आयोगले बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेलले आफू मातहतका कर्मचारीहरुलाई गरेको ‘अपमानजनक’ प्रतिवेदन सरकारलाई बुझाएपछि प्रधानमन्त्री जोन्सन गृहमन्त्री पटेलको बचाउ गरेका हुन ।

मन्त्री पटेलमाथि लागेको आरोपबारे छानबिन गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई बुझाइएको एक प्रतिवेदनले ‘व्रोक द मिनिस्ट्रयल कोड’ ठहर गरेपछि बेलायत प्रतिपक्ष दल लेबर पार्टीले राजीनामा दिनु पर्ने वा उनलाई मन्त्री पदबाटै हटाउनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्रीले प्रतिवेदनलाई हल्का ढंगले लिदै राजनीतिक अभिव्यक्ति दिएको भन्दै उनकै पार्टी कन्जरभेटिभका नेताहरुले पनि बिरोध गरेका छन ।

गृहमन्त्रालयको मातहतका होम अफिस, वर्क एण्ड पेन्सन र इन्टरनेसनल डेभलपमेन्टसहितका तीन विभागका कर्मचारीप्रति मन्त्री पटेलले कर्मचारी माथि गरेको व्यवहारको छानबिन गरिएको थियो ।

कर्मचारीलाई ‘बुली’ गरेको, अनावश्यक रुपमा डर देखाएको, गालीगलौज र अपशब्द समेत बोलेको भनी गृहमन्त्रीमाथि लगाइएको आरोप छानबिनले पुष्टि गरेको छ । मन्त्री पटेलको व्यवहारकै कारण गत मार्च महिनामा होम अफिसका प्रमुख अधिकृत सर डेभिड नर्मिङटनले राजीनामा गरेपछि उनको व्यवहारहरुबारे थुप्रै प्रश्नहरु उठ्न थालेका थिए ।
यसैवीच, छानबिनबाट गृहमन्त्रीको व्यवहारमा कमजोरी भएको पुष्टि भएपछि पटेलले बिबिसीमा अन्तरवार्ता दिदै माफी मागेकी थिइन । उनले कर्मचारीलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको दावी गर्दै अन्जानमा त्यस्तो पर्न गएकोमा आफू क्षमाप्रार्थी रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री