
रेडिंग । साहित्य संगम यूकेले १५ नोभेम्बर आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती तथा शुभ दिपावली २०७७ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साहित्य रचना वाचन गरेको छ । अनलाइन ‘जुम’ मार्फत आयोजित सो कार्यक्रममा देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्दै साहित्यिक रचना वाचन गरिएको हो । साहित्य संगमका कुमार केसीको संयोजन गरेको उक्त कार्यक्रममा संगमका संस्थापक साहित्यकार बिनोद अधिकारीले स्वागत गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारीका संस्थापक बासु शर्माले साहित्य संगम यूकेले बेलायतमा नेपाली भाषा साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेकले प्रसंसा गरे ।
कार्यक्रममा केसी, प्रतिमा केसी, बिनोद अधिकारी, ओमकार अधिकारी, रमेश कायस्थ, महेश आचार्य, डिल्ली घिमिरे, आनन्द भण्डारी, ओमकार अधिकारी, त्रिलोचन गौतम, निर्मला न्यौपाने, कृष्ण न्यौपाने, बासु शर्मा, लक्ष्मी पौड्याल, डा. कृष्ण रेग्मी, कृष्ण आचार्य र राम प्रसाद घिमिरेले आ(आफ्नो गीत, मुक्तक तथा कबिता लगायतका साहित्य रचना वाचन गरेका थिए । एक बर्षमा दिवंगत संगमका सदस्यहरुको परिवारजन प्रति समबेदना व्यक्त गरेका थिए ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न