लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत थप मुठभेड तर्फ अघि बढेको छ । संघ युके भित्र आर्थिक अनियमितताको बिषयमा अदालततिर लैजाने चार उपाध्यक्ष र इंग्ल्याण्ड राज्यपरिषद्का उपाध्यक्ष एक गरि पाँच जनालाई संस्थापन पक्षले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि मुठभेडको संकेत देखिएको हो ।
शनिबार पुनम गुरुङको अध्यक्षमा बसेको ‘भर्चुअल’ कार्यसमितिको आकस्मिक बैठकले संघको आँच आउने गरि अदालतमा चुनौती दिने उपाध्यक्षहरु प्रेम गहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की इग्ल्याण्ड राज्य समिति उपाध्यक्ष लालबहादुर गुरुङलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको महासचिव फडिन्द्र भट्टराईले जनाए । ६ जना मध्येका एक शेर सुनार कार्यसमितिमा छैनन् । उनी एनआरएनए युकेका पुर्व उपाध्यक्ष हुन ।
संघ युकेका चार उपाध्यक्षहरु, इंग्ल्याण्ड राज्य परिषद्का एक उपाध्यक्ष र एक पुर्व उपाध्यक्ष गरि ६ जनाले सोलिसिटर मार्फत अध्यक्ष गुरुङ र पुर्व अध्यक्ष योगकुमार फगामीलाई आर्थिक अनियमितताका बिषयमा पत्राचार गरेपछि पाँचै उपाध्यक्षलाई सात दिन भित्र मुद्दा फिर्ता गरि मिल्न नआए स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले बताए । बैठकले एक महिना भित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
सात घण्टासम्म चलेको आकस्मिक बैठकमा अध्यक्ष गुरुङ आफुलाई आर्थिक अनियमितताका बारेमा सोलिसिटरको पत्र प्राप्त भएको जानकारी बैठकलाई गराएकी थिइन । उनको पत्र माथिको छलफलपछि एनआरएनए युकेले ‘ग्रीनवीच सोलिसिटर हायर’ गर्ने निर्णय गरेको महासचिव भट्टराईले जनाए । उक्त सोलिसिटरलाई लाग्ने रकम एनआरएनए युकेले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पुर्व कार्यसमितिको आर्थिक अनियमितताका बारेमा पुर्व अध्यक्ष फगामी र उनको कार्यसमितिले दिनु पर्ने निर्णय पनि गरेको छ । बैठकले संघ भित्रको झगडा अदालत लगेर चुनौति दिने उपाध्यक्षहरु गहामगर, कंडेल, पोखरेल, कार्की इग्ल्याण्ड राज्य समिति उपाध्यक्ष गुरुङ र पुर्वउपाध्यक्ष शेर सुनार प्रति खेद प्रकट गरेको छ ।
बैठकमा उपाध्यक्षहरुले सोलिसिटर मार्फत उठाएको आर्थिक अनियमितताका बिषयमा छलफल गर्न लागिएकाले ‘स्वार्थ बाझिने’ भएकाले बैठक छाडेर जान अनुरोध गरेपछि उनीहरु स्वयंसेवी रुपमा बाहिरिएका थिए । बैठकमा २८ जना उपस्थित थिए ।
गत मंगलबार संघका चार उपाध्यक्ष र राज्यपरिषद् उपाध्यक्ष तथा पुर्व उपाध्यक्ष शेर सुनारले अध्यक्ष गुरुङ र फगामी माथि आर्थिक अनियमितताको छानविन गर्न नमानेको आरोपसहित सोलिसिटर मार्फत अदालती प्रक्रिया अघि बढाएको पत्रकार सम्मेलन मार्फत जनाएका थिए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा