व्युनर्स आयर्स । विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताउनुभएको छ ।
लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न नसक्ने भनी चर्चा भइरहेका समय स्कालोनीको उक्त भनाइ आएको हो ।
यसभन्दा पहिले बार्सिलोनाका फरवार्ड खेलाडी मेसीले ब्युनोस आयर्सको ला बम्बोनेरामा बिहीबार पराग्वेसँगको टिमको भिडन्त अगाडि अर्जेन्टिनाको टीमसँग प्रशिक्षणमा सहभागी हुनुभएको थियो ।
“बार्सिलोनामा स्कालोनीले भन्नुभयो, “मेसी आफ्नो खुट्टाको गोलीगाँठा चोटका बाबजुद पनि खेल्दै हुनुहुन्छ ।”
शनिबार बार्सिलोनाका लागि खेल्ने क्रममा खेलको आधा समयसम्म नै चोटका कारण मेसीलाई मैदानमा पठाइएको थिएन । यद्यपि उक्त खेल बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले जितेको थियो ।
बार्सिलोनाका ब्यवस्थापक रोनाल्ड कोम्यानले भन्नुभयो, “फरवार्ड मेसीलाई सुरुमा नखेलाउनुको अर्थ उहाँ स्वस्थ हुनुहुन्थेन ।” उहाँले मेसीको शारिरीक अवस्थाबारे विस्तृत विवरण नदिइकनै भन्नुभयो ।
बिहीबार पराग्वेसँग खेलेपछि अर्जेन्टिनी फुटबल समूह अर्को खेलका लागि पेरुको राजधानी लिमा जानेछ ।
अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको १० टिममध्ये ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी