कोरोनाकै बीच मिस नेपाल–२०२० हुँदै

काठमाडौँ । कोरोना महामारीकै बीच यो वर्षको मिस नेपाल  प्रतियोगितामा २१ जनाले भाग लिएका छन् ।

यो २६औँ नेपाल सुन्दरी प्रतियोगितामा हो ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।

प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री