
लन्डन— कोभिड -१९ को तीव्र संक्रमण रोक्ने प्रयास स्वरुप ब्रिटिश सरकारले इंग्ल्याण्डमा बिहीबारदेखि झन्डै एक महिना लामो लकडाउन गर्ने प्रस्ताव गरेको छ ।
शनिबार बेलुका एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो लकडाउन गरिने घोषणा गरे।
तर स्कुल, कलेज र विश्वविद्यालयहरु भने खुलै रहने छन् ।
रेस्टुरेन्ट र पबहरु बन्द हुने छन्, तर टेक अवेहरु भने खुलै रहने छन्।
सुपर मार्केटहरु पनि खुलै रहने छन्।
प्रधानमंत्री जोन्सनले ब्रिटिश संसदमा प्रस्तावित लकडाउनबारे बुधबार बहस गरिने र त्यस पछि मतदान पनि हुने बताए। संसदले लकडाउन गर्ने पक्षमा मतदान गरेमा बिहीबार, ५ नोभेम्वर देखि डिसेम्बर २ तारिख, २०२० सम्म इङ्गल्याण्ड भरि लागु हुने छ।
ब्रिटेनका अन्य राज्यहरुमा पनि प्रान्तीय सरकारहरुले कोरोना संक्रमण रोक्न विभिन्न उपायहरु घोषणा गरेका छन्।
दैनिक मृत्युदर ४ हजार बढी हुनसक्ने उल्लेख छ ।
बेलायतमा कोभिड-१९ का कारण हुने मृत्यु दैनिक एकहजारसम्म पुगेको थियो ।
बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा गरीए पछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले पनि लकडाउन गर्न लागेको हो ।
“आआफ्नो घरमै बस्नोस्, एनएचएसलाई जोगाउनोस् र मानिसहरुको ज्यान बचाउनोस्,” प्रधानमंत्री जोन्सनले भने।
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवालाई ‘एनएचएस’ भनिन्छ।
ब्रिटेनमा दस लाख भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमण भएकोमा ४६,००० भन्दा बढीको ज्यान गइसकेको छ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]