आज खुशी बाँड्ने दिन
देवीदेवता खुसी पार्ने दिन
इस्टमित्रलाई भोज खुवाउने दिन
म बलि चढेर दशैं मनाउने दिन
यी सबै पर्ने गर्छन् एकै दिन।।
जन्मिएका थियौं जुम्ल्याहा दिदीभाइ
पुग्दैनथ्यो आमाको दुधले पेटभरी खानलाई
पकाउँथे पीठो घोलेर खुवाउनलाई
खुवाउँथे पालैपालो गरि हामी दुईलाई
मान्थ्यौं भाग्यमानी हामी आफूलाई।।
कहिलेकाहीं त काखकाखै नचाउँथे
हामी पनि उनैका साथमा लुटुपुटु हुन्थ्यौं
कति धेरै माया गर्थे
आफ्नै छोराछोरी बस्ने गुन्द्रीमा बसाउँथे
त्यति मात्र नभै बोरै बोराले बेरेर
राक्थे हामीलाई न्यानो पारेर।।
एक दिन सबेरैदेखि दिदी हराइन्
मनभित्र नरमाइलो लाग्यो
घरवारी गरी दिदी खोज्न थाल्यौं
धेरै पछि थाहा पाएँ
उनलाई त बेची पो दिएछन्।।
अब त म पनि ठूलो भएछु क्यारे
सबै सरह घाँस खान सक्ने
दुई हप्ता भयो,
मलाई मीठो पीठो खान दिन छाडे
खासखुश कुरा गर्दैथे
मेरो शरीरमा बोसो धेरै भयो रे
बोसो घटाउन खान दिन छाडेका रे।।
आज घरमा निकै चहलपहल छ
सधैभन्दा अलग, सधैभन्दा फरक
ठूलो ताउलोमा पानी उमाल्दै थिए
म वरिपरि हेर्दै थिएँ
सबैले मलाई पालैपालो उचाल्दै थिए
मलाई सबैले मुसार्दै भन्थे
मासु राम्रै पर्छ होला।।
मेरी आमाको
म पहिलो सन्तान भने थिइनँ
बली चढाउन लागिएको
न त मलाई आमाले भन्न सकिनन्
न त महिले बुझ्न सकें,
मलाई काटेर बली चढाउँदै छन् भनेर।।
आज म जन्मनुको सार बुझें
मीठो पीठो खुवाउनुको अर्थ बुझें
तर बुझिनँ माया ममताको अर्थ
आफ्नै आँगनमा मेरो टाउको छिनाए
मलाई टुक्राटुक्रा पारी भाग लगाए
अलि धेरै भएछु क्यारे
छिमेकी कहाँसम्म पुर्याए।।
बरु मलाई पनि दिदीसँगै
बेचिदिएको भए हुन्थ्यो
आफ्नै हातले पकाएर
नखाएको भए हुन्थ्यो
तर मलाई दुखेसो छैन,
उनीहरुले नखाए नि
अरु कसैले त पक्कै पनि खान्थ्यो।।
म आज निकै खुशी छु
यस संसारबाट मुक्ति पाएर
भगवानको नाममा बली चढेर
यस स्वार्थी संसारबाट मुक्ती पाएर।।
यस स्वार्थी संसारबाट बिदा पाएर।।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]