लण्डन । लण्डनको क्रोयडनस्थित प्रहरी चौकीमै शुक्रबार दिउँसो एक प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ ।
बीबीसीका अनुसार अभियुक्तले प्रहरी अधिकृतलाई हत्या गरी आफैँलाई गोली हानेका थिए ।
अभियुक्तलाई प्रहरीको सवारीसाधनमा हाली कस्टडीमा ल्याइएको थियो र उनलाई कोरोनाका बारेमा सोधपुछ गरिँदै गर्दा गोली चलेको थियो ।
घटनामा घाइते २३ वर्षीय अभियुक्तको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घटनाको इन्डिपेण्टेण्ट अफिस फर पुलिस कन्डक्टले अनुसन्धान शुरु गरेको छ ।
घटनामा मारिएका प्रहरी अधिकृत सेवा निवृत्त हुन केही साता मात्र बाँकी रहेको बुझिएको छ । उनी ५४ वर्षीय सार्जेन्ट म्याट राटाना भएको पुष्टी भएको छ ।
घटनामा प्रहरीले गोली नचलाएको र अभियुक्तलाई प्रतिआतंकवाद प्रहरी सेलका प्रहरी अधिकारीहरुले पहिल्यैदेखि चिनेको बताइएको छ ।
इन्डिपेण्टेण्ट अफिस फर पुलिस कन्डक्टले अभियुक्तलाई क्लास बी प्रकृतिको लागूओैषधसहित पक्राउउ गरिएको थियो । हत्कडी लगाइएको अवस्थामा अभियुक्तले रिभल्वर प्रयोग गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
लण्डन प्रहरीले हत्याको अनुसन्धान शुरु गरेको छ ।
दिवंगत प्रहरी अधिकृतप्रति बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, लण्डन मेयर सादिक खान, लण्डन प्रहरी प्रमुख क्रेसिडा डिकलगायतले शोक व्यक्त गरेका छन् ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते