लण्डन । लण्डनको क्रोयडनस्थित प्रहरी चौकीमै शुक्रबार दिउँसो एक प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ ।
बीबीसीका अनुसार अभियुक्तले प्रहरी अधिकृतलाई हत्या गरी आफैँलाई गोली हानेका थिए ।
अभियुक्तलाई प्रहरीको सवारीसाधनमा हाली कस्टडीमा ल्याइएको थियो र उनलाई कोरोनाका बारेमा सोधपुछ गरिँदै गर्दा गोली चलेको थियो ।
घटनामा घाइते २३ वर्षीय अभियुक्तको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घटनाको इन्डिपेण्टेण्ट अफिस फर पुलिस कन्डक्टले अनुसन्धान शुरु गरेको छ ।
घटनामा मारिएका प्रहरी अधिकृत सेवा निवृत्त हुन केही साता मात्र बाँकी रहेको बुझिएको छ । उनी ५४ वर्षीय सार्जेन्ट म्याट राटाना भएको पुष्टी भएको छ ।
घटनामा प्रहरीले गोली नचलाएको र अभियुक्तलाई प्रतिआतंकवाद प्रहरी सेलका प्रहरी अधिकारीहरुले पहिल्यैदेखि चिनेको बताइएको छ ।
इन्डिपेण्टेण्ट अफिस फर पुलिस कन्डक्टले अभियुक्तलाई क्लास बी प्रकृतिको लागूओैषधसहित पक्राउउ गरिएको थियो । हत्कडी लगाइएको अवस्थामा अभियुक्तले रिभल्वर प्रयोग गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
लण्डन प्रहरीले हत्याको अनुसन्धान शुरु गरेको छ ।
दिवंगत प्रहरी अधिकृतप्रति बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, लण्डन मेयर सादिक खान, लण्डन प्रहरी प्रमुख क्रेसिडा डिकलगायतले शोक व्यक्त गरेका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने