लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) १३ औं युरोपेली बैठक तथा ११ औँ क्षेत्रीय महिला भेला र दोश्रो यूरोपेली ज्ञान सम्मेलन यही अक्टोबर ३-४ तारिखमा आयोजना हुन लागेको छ ।
कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने उक्त सम्मेलनको मूल नारा “मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” रहेको छ ।
सम्मेलनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्ने तय भएको जानकारी दिए । बैठकलाई पूर्व पररास्ट्र मन्त्री एवम नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले पनि सम्बोधन गर्ने छन्।
सम्मेलनअन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला, चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा महिला नेतृ रामकुमारी झाँक्री र नेपाली कांग्रेसकी महिला नेत्री डिना उपाध्यायलगायत सहभागी हुने युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले जानकारी दिइन् । दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालले ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गर्ने बताए। उनले ज्ञान सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पनि सहभागी हुने बताए।
कार्यक्रममा एनआरएन युरोपका उपसंयोजकहरु मुक्त गुरुङ तथा कृष्ण तिमल्सेनाले पनि आफ्ना भनाइहरु राखेका थिए। सम्मेलनलाई पूर्व स्वास्थ्यमन्त्रीहरु नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पनि आयोजकहरुले जनाएका छन्।
मिडिया समिति पनि गठन
एनआरएनए युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले संचारकर्मीहरुको निरन्तर साथ र सहयोगका कारण नै एनआरएन अभियान यो स्थानसम्म आइपुगेको भन्दै आगामी दिनमा पनि मिडियाको यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। उनले सम्मेलनमा मिडियासंग सम्बन्धित एउटा छलफल सत्र राखिएको जानकारी पनि दिए।
उनकै संयोजनमा एनआरएन युरोपले एउटा मिडिया समिति पनि गठन गरेको छ। समितिमा सहसंयोजकहरु क्रमश केजिन राई (नेपाल पत्रकार महासंघ, यूरोप)र नरेश खपाङ्गी (नेपाल पत्रकार महासंघ, बेलायत) तथा उपसंयोजकहरु क्रमश ओम शर्मा (प्रस्तावित नेपाल पत्रकार महासंघ, बेल्जियम शाखा )र योगेन्द्र मिलन छन्त्याल (प्रस्तावित नेपाल पत्रकार महासंघ, पोर्तुगल शाखा) छन् भने सदस्य सचिवमा पत्रकार विपिन निरौला रहेका छन् । उक्त समितिको सल्लाहकारमा एनआरएन केन्द्रीय प्रवक्ता तथा केन्द्रीय मिडिया टास्कफोर्स संयोजक डिबी क्षेत्री र वरिष्ठ पत्रकार भगिरथ योगी छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो