लण्डन । नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन ।
शुरुवाती अनुसन्धानले उनको मृत्यु के कारणबाट भयो अझै निर्क्यौल हुन नसकेको आज भएको भर्चुअल सुनुवाईमा बताइएको छ ।
मे ६ तारिखका दिन घरबाट दौड्न निस्केका मोरिसको शव महिनौँपछि गत अगष्ट ३१ तारिखका दिन भेटिएको थियो ।
महिनौँको बृहत खोजीमा पनि फेला पर्न नसकेको मोरिसको शव एक सर्वसाधारणले उनको घरभन्दा तीन माइलको दुरीमा फेला पारेका थिए ।
उनको शवको पोष्टमोर्टम गरिए पनि उनको मृत्युको चिकित्सकीय कारण ‘अज्ञात’ रहेको बताइएको ह्याम्पसायरका वरिष्ठ कोरोनर क्रिष्टोफर विल्किन्सनले जानकारी दिए ।
उनले कन्सल्ट्यान्ट फरेन्सिक पाथोलोजिष्ट डा. रसेल डेलानीले मोरिस शवको पोष्टमार्टम गरेको र ‘वर्तमान अवस्थामा मृत्युको कारण बताउन नसकिने’ जानकारी दिएको बताए ।
थप प्रमाणहरुका साथ मोरिसको मृत्युको कारणहरुको पूर्ण समीक्षा २३ जुन २०२१ मा हुने बताइएको छ ।
विन्चेष्टर कोरोनर्स कोर्टमा भएको सुनुवाईमा कोरोनर विल्किन्सनले रिचर्ड मोरिसको ठानिएको शव एलिस हल्ट जंगलमा अगष्ट ३१ मा भेटिएको र डीएनए परीक्षणपश्चात ओैपचारिकरुपमा पहिचान भएको बताए । प्रहरीले उनको केस सेप्टेम्बर १ मा कोरोनरलाई हस्तान्तरण गरेकाे थियो भने कोरोनरले १४ सेप्टेम्बरमा डीएनए परीक्षण गरेकाे थियो । सेप्टेम्बर १६ मा भेटिएको शव मोरिसको भएको ओैपचारिक पुष्टी भएको थियो ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत रहेका थिए । उनको अर्को पोष्टिङ फिजीमा भएको थियो ।
बेलायतको कुटनीतिक सेवामा ३० वर्षभन्दा बढी समय बिताएका उनले कैयाैँ उच्च अनुभव सम्हालेका थिए ।
प्रहरीले उनको मृत्युलाई सन्देहास्पदरुपमा नलिएको बताएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार