काठमाडौँ।नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विप्रेषण कम्पनीलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि विप्रेषण सेवा प्रदायकको काउन्टर खोल्न पनि निर्देशन दिएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढेर गएपछि बिहिबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी रहेको समयमा सहज रुपमा विप्रेषण पाउन् भन्ने ध्येयका साथ काउन्टर खोल्न निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ ।
विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी नपाउदा घरव्यवहार चलाउन समस्या पर्ने भएकाले स्थानीय प्रशासनसँगको सहमतिमा वा निषेधाज्ञा लगायतका आदेशको पूर्ण रुपमा परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न बैंकले आग्रह गरेको छ । त्यस्ता काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग जोडिएका सबै उपाय अवलम्बन गर्न समेत भनेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर आलोपालो मिलाई सकेसम्म कम भन्दा कम कर्मचारीको उपस्थितीमा विप्रेषण भुक्तानीको व्यवस्था गर्न जारी निर्देशनमा भनिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी विप्रेषण फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न समेत केन्द्रीय बैंकले सबैलाई आग्रह गरेको छ । कारोबारलाई सकेसम्म विद्युतीय गर्न र स्वास्थ्य समबन्धी मापदण्डको पूर्ण परिपालना गर्न भनिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते