दाहसँस्कार गरिएका मानिस जीवितै

पाल्पा । पाल्पामा मृत्यु भएकाे ठानी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिनुभएकाे छ ।

गुल्मी जिल्ला रुरु गाउँपालिका-५, बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, अर्चलेमा जीवित अवस्थामा भेटिनुभएकाे रिडीमा बसोबास गर्दैआएका चुरामणि तिमिल्सिनाले बताउनुभयो ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दैआउनुभएकाे थियाे । श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरणकाे लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरू खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री