काठमाडौँ । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ ।
भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ । काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुटो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर डटकम’ लाई बन्द गरेको छ ।
त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यससँगै प्रसारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या १०० पुगेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते