सरिता गिरी सांसद पदबाट मुक्त (संसद् सचिवालयको पत्रसहित)


काठमाडौं । औपचारिक रूपमा सरिता गिरीको सांसद पद खारेज भएको छ ।
संसद् सचिवालयले बिहीबार सूचना जारी गर्दै गिरीको सांसद पद उनकै पार्टीको सिफारिसमा औपचारिक रूपमा खारेज भएको जानकारी दिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले यस विषयमा जानकारी दिएका हुन ।
भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ बनेको नेपालको नक्सा संसदबाट पारित गर्ने क्रममा आफ्नै पार्टीले जारी गरेको ह्विप गिरीले उल्लंघन गरेकी थिइन् ।

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रूपमा आधिकारिकता पाएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जसपा दल दर्ताको निर्णय भएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री