गुआनाजुतो, मेक्सिको । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
रातो सवारी साधनमा आएका आक्रमणकारीको खोजी कार्य तिब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आक्रमणकारीले कसैलाई पनि अपहरण नगरेको प्रहरीको भनाई छ ।
गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अपराधका घटना तिब्र रुपमा बढेका छन् ।
मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् । यी समूहहरु घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन् ।
पछिल्लो समयमा आपराधिक घटना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानुन व्यवस्था सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
––
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त