काठमाडौँ । नेपाल सरकारले गैरदलित युवतीसित प्रेम गरेको आरोपमा रुकुम घटनामा मारिएका जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार विकलाई समाज सुधार अभियान विधा तर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दिने भएको हो । उनको जेठ १० गते हत्या भएको थियो ।
मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ ।
जसअनुसार २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुनुहुन्छ । त्यस्तै, संस्कृति विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधा तर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय भएको छ । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक/एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ ।
महाकवि देवकोटा पुरस्कार भाषा, सहित्य विधासहित कविता, निवन्ध, गद्याख्यान/नाटक र बालसहित्य/लोकसाहित्य गरी पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृति र विज्ञानसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरी तीन विधामा तीनजनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय भएको छ । यी प्रत्येक पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा