लन्डन । लिभरपुलको इंग्लिस लिग उपाधिका लागि ३० वर्षको प्रतीक्षा बिहीबार सकिएको छ र उसले इंग्लिस प्रिमियर लिग जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले उपाधि जित्ने तय भएको हो ।
स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटी पराजित भएपछि लिभरपुलले लिग तालिकाका २३ अंकको उछिन्न नसकिने अग्रता कायम भएको थियो । लिभरपुलले अन्तिम पटक सन् १९८९–१९९० मा लिग जितेको थियो र त्यति बेला यो पुरानो पहिलो डिभिजन थियो । त्यसयता लिभरपुलको लिगमा भाग्य अस्ताएका थियो ।
त्यसबीच म्यानचेस्टर युनाइटे*, आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी शक्तिका रूपमा अगाडि आएका थिए । व्यवस्थापक योर्गन क्लोपको नेतृत्वमा लिभरपुलले फेरि लिगमा आफ्नो बलियो उपस्थिति देखाउन थालेको थियो । गत सिजन दोस्रो स्थानमा रहेको लिभरपुलले उपाधि जितेको यो १९ औं हो र यससँग यससँग लिभरपुल म्यानचेस्टर युनाइटेडले जितेको २० लिग उपाधिको नजिक पनि पुगेको छ ।
लन्डनमा भएको खेलमा चेल्सीलाई जित दिलाउन विलियनले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । यसअघि चेल्सीले क्रिस्टियन पुलिसिचको गोलले ३६ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका तर्फबाट केभिन डे ब्रुनले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । अब लिगमा लिभरपुलको अर्को खेल म्यानचेस्टर सिटीविरुद्ध नै रहेको छ ।एजेन्सी
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित