रासस । सर्वोच्च अदालतले कोभिड–१९ का विषयमा दिएका आदेश कार्यान्वयनका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हको एकल इजलासले आज महामारीका समयमा अदालतबाट जारी गरेको आदेश के कति कार्यान्वयन भएका बारेमा आफैँ वा कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
“उपरोक्त सम्बन्धमा सात वटा अन्तरिम आदेश पालना कसरी गरिएको छ, ती आदेशको पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिएको हो वा होइन रु त्यस सम्बन्धमा के कस्तो भएको हो”, आदेशमा भनिएको छ, “निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने रु आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र आफँै उपस्थित भई वा कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु ।”
सर्वोच्च अदालतले महामारीसम्बन्धी जारी गरेको अन्तरिम आदेश कार्यान्वयनमा ढिलाइ गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले महामारीका विषयमा विभिन्न सातवटा अन्तरिम आदेश जारी गरेको थियो । सो आदेश कार्यान्वयनका विषयमा चासो राख्दै अदालतले मङ्गलबार सम्बन्धित निकायसँग छलफल समेत गरेको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ