युएई । कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आइतबार पहिलो उडान भरेको छ । उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली आइतबार स्वदेश फर्किएका हुन् ।
नेपाल फर्कने सबैको कोरोना परिक्षण विमानस्थलमा नै नि:शुल्क गरिएको थियो । नेपाल फर्किनेहरुमा महिला, आफन्त गुमाएका, बिरामी, भिजिट भिषामा आएका र जेष्ठ नागरिक रहेको दुतावासले जानकारि दिएको छ । युएईको अबुधाबिमा एक राज्यबाट अर्को राज्यमा जान यात्रा प्रतिबन्ध रहेको कारण बिमानस्थलसम्म पुग्न दुबईबाट फिस्टेल ट्राभल्सले यातायातको व्यवस्था मिलाएको थियो ।
हिमालय एयरलाइन्सको दोस्रो र तेस्रो उडान आगामी जुन २४ र २५ मा अबुधाबी बाटै हुने एयरलाइन्सले जनाएको छ । नेपाल फर्कने नेपालीहरुको सहजीकरणका लागि युएईका लागि नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रम सहचारी मोतिराम भुसाल, जनसंपर्क अधीकृत इरफान आलम र सहदेब गिरि विमानस्थल पुगेका थिए।
यसैगरी अबुधाबिमा समस्यामा परेका नेपालिहरुलाई राहत वितरणमा खटदै आएको समुहका सदस्यहरु समेत विदाई एवं सहजीकरणका लागि विमानस्थलमा पुगेका थिए । शनिबार मात्रै सारजाहबाट एयर अरबियाको उडान नम्बर जी ९-१७५१ बाट १ सय ६८ जना नेपाल फर्किएका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?